सुनसर । कोरोना संक्रमित बढेपछि इटहरी उपमहानगरपालिका आजदेखि पाँच दिनका लागि लकडाउन लागू गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको हो।
केही दिनअघि उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि इटहरीमा थप शंकास्पद व्यक्तिहरूको स्वाब नमूना संकलन गरिएको थियो। तीमध्ये मंगलबार थप चार जना संक्रमित थपिएका छन्।
जनप्रतिनिधि, सरोकारवाला निकाय, प्रहरी-प्रशासनसहितको बैठकले २५ साउनसम्म लकडाउन गरी दूध बोक्ने गाडी र औषधि पसलबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्।