पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

शनिवार राति १२ बजेदेखि नै लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकोले मूल्यसमायोजन मात्र गरेको निगमको जिकिर छ ।

यो संगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर डिजेल ९० र मटितेल ९०  र पेट्रोल १ सय ४ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् गरिएको छ ।

Loading...