गालीको ओइरो लाग्न थालेपछि दीपाश्रीले मागिन माफी

काठमाडाैं । अभिनेत्री दीपाश्री निराैलामाथि नेपाली सिने क्षेत्रका चर्चित अभिनेता राजेश हमालका विषयमा गरेकाे एक टिप्पणीपछि गालीकाे वर्षा हुन थालेकाे छ । यसरी सामाजिक सञ्जालमा गालीकाे वर्षा नै हुन थालेपछि उनले महानायक हमालका फ्यानसँग माफी मागेकी छन् ।

आफ्नो फेसबुक वालमा लामाे स्टाटस लेख्दै कलाकार निराैलाले आफूले दिएको अभिव्यक्तिले गलत अर्थ बुझिन गएको भन्दै माफी मागेकी हुन्। उनले स्टाटसमा भनेकी छन्, ‘हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनु हुनेछ। तर उहाँले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पीडामा मलम पनि लगाउन सक्नुपर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाइ भगवान् नै बनाउने पक्षमा म थिइनँ र छैन पनि। तथापि मेरो अभिव्यक्तिले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकामा भने म सबै हमालज्यूका फ्यानहरूसँग माफी माग्दछु।’

उनले एक अन्तर्वार्ताका क्रममा अभिनेता हमालप्रति गरेकाे टिप्पणीले हमालका फ्यानकाे चित्त दुखेकामा माफी मागेकाे उल्लेख गरेकी छन्। तर कुन र कहिलेकाे अन्तर्वार्तामा भन्ने कुरा स्टाटसबाट खुल्दैन।

दीपाश्रीले माफी मागेकाे स्टाटसमा पनि निकै धेरै कमेन्ट गरिएका छन् । कमेन्टमा धेरैले अर्काे कुनै कलाकारकाे अालाेचना गरेर माथि बढ्न नसकिने भएकाेले अाफ्नेाे बाटाे हिड्न सुझाइएकाे छ । समस्या परेका बेला अरुकाे उद्धार गर्ने वा सहयाेग गर्ने काम राज्यकाे भएकाे भन्दै महानायक हुँदैमा सहयाेग गर्नुपर्छ भनेर अालाेचना गर्नु सही नभएकाे पनि कमेन्टमा बताइएकाे छ ।

यस्ताे छ दिपाश्रीकाे फेसबुक वालमा लेखिएकाे लामाे स्टाटस

आदरणीय साथिहरू:भगवान रामले एउटा सामान्य नागरिकको कुरा सुनेर सीता माता लाइ जंगल पठाएको कुरा को ठूलो बिरोध भयो, स्वयं…

Posted by Deepa Shree Niraula on Wednesday, July 1, 2020

Loading...