कमाण्डरले दिएको आदेश नमानेको भन्दै नेपाली सेनाका दुई उच्चअधिकृत सेवाबाट बर्खास्त

काठमाडाैं । नेपाली सेनाले आफ्ना दुई उच्चअधिकृतलाई सेवाबाट बर्खास्त गरेको छ।

बुधबार बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको जंगी अड्डाले जनाएको छ।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको उक्त अदालतले ठहर गरेको छ।

पद्दती र प्रणालीमा आधारित संगठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्यअनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई शुन्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा नेपाली सेना प्रतिवद्ध रहेको सेनाले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।

Loading...