गैरकानूनी र मनोमानी ढङ्गले शुल्क असुल्ने निर्णय तत्काल फिर्ता लिन अनेरास्ववियुको चेतावनी

काठमाडौं । सत्तारुढ दल नेकपा निकट विद्यार्थी संंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले गैरकानुनी रुपमा मनोमानी ढंगले शुल्क असुल्ने निर्णय तत्काल फिर्ता लिन निजी विद्यालयहरुहरुलाई चेतावनी दिएका छन् ।

सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले गैरकानुनी रुपमा मनोमानी ढंगले शुल्क असुल्ने निजी विद्यालयहरुलाई कुनैपनि शुल्क नतिर्न विद्यार्थी र अभिभावकहरुलाई आग्रहसमेत गरेको छ ।

सोमवार अनेरास्ववियुका संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अव्यवहारिक र असान्दर्भिक निर्णय फिर्ता लिन र लकडाउन अवधि जारी रहँदासम्म कुनैपनि शीर्षकमा शुल्क नअसुल्न निजी विद्यालय सञ्चालकहरुलाई चेतावनी दिएका हुन् ।

यस्तै, गैरकानुनी रुपमा मनोमानी ढंगले शुल्क असुल्ने निजी विद्यालयलाई शुल्क नतिर्न अभिभावक र विद्यार्थीसँग आग्रह गरेका छन् ।

‘विषय परिस्थितिमा सरकारले लिएको नीति र विद्यार्थी अभिभावकहरुले बोहोरिरहेको संकटलाई पूर्ण रुपमा वेवास्ता गर्दै एकातर्फी रुपमा शुल्क उठाउने आह्वान आपत्तिजनक छ’– विज्ञप्तिमा भनिएको छ ।

यसअघि निजी विद्यालयहरुका छाता संगठन प्याब्सन र एन प्याब्सनले लकडाउन अवधिभरको शुल्क समेत तिर्न अभिभावकहरुलाई आह्वान गरेका थिए ।

 

Loading...