मुस्कुराँदै डिल्लिबजार कारागार पसे ढुङ्गेल

काठमाडाैं, १४ कार्तिक । माओवादी नेता बालकृष्ण ढुंगेललाई जिल्ला अदालतले सदरखोर डिल्लीबजार चलान गरेको छ । मंगलबार विहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो ।

उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ ।

कडा सुरक्षाका साथ अदालत पुर्याइएका ढुंगेललाई मिडियाले पछ्याइरहेका थिए। अदालतको ढोकाबाट निस्कदै गर्दा ढुंगेल हात हल्लाउँदै बाहिरिए मन्द मुस्कानका साथ् ।

अदालतबाट निकाल्दा निकाल्दै पत्रकारहरुले सोधेको प्रश्नहरुको उत्तर ढुंगेलले दिन पाएनन् । किनकी उनलाई प्रहरीले धकेल्दै बाहिर निकाल्यो र गाडीमा हाल्यो ।

८ बर्ष अगाडि सर्वोच्च अदालतले ढुंगेललाई एक द्वन्द्वकालीन हत्यामा दोषी ठहर्राएको थियो । ढुंगेलले यस घटनामा आफु निर्दोष रहेको बताउँदै आएका थिए । माअ‍ोवादीले पनि घटना शान्ति सम्झौता अनुसार हल गर्नुपर्ने बताएको छ ।

यस्तै ढुंगेललाई अदालतले कारागार पठाएसँगै माओवादी केन्द्रका नेता एवं प्रदेश नम्बर–१ का इन्चार्ज गोपाल किरातीले आपत्ति जनाएका छन् ।

किरातीले विस्तृत शान्ति सम्झौताको भावनाविपरीत ढुंगेललाई पक्राउ गरिएको भन्दै आपत्ति जनाए । किरातीले ढुंगेलको जीवन रक्षा तथा तत्काल रिहाइको माग गरेका छन् ।

उनले ढुंगेललाई रिहा नगरिए प्रतिरोध संघर्षमा उत्रने समेत चेतावनी दिए । ‘बालकृष्ण ढुंगेलको जीवन रक्षा र रिहाइको माग गर्छु’, किरातीले भने, ‘पार्टी केन्द्रले निर्माण गर्ने योजनाअनुसार प्रतिरोध संघर्ष गर्न एक नम्बर प्रदेशका कमरेडहरुलाई आह्वान गर्छु ।’ किरातीले ढुंगेलका लागि जेलमा कपडा लगिदिन समेत पार्टीका एक नेतालाई निर्देशन दिएका छन् ।

‘पार्टीका केन्द्रीय सचिवालय सदस्य पेशल खतिवडालाई ढुंगेलजीलाई राखेको स्थान पत्ता लगाएर लुगाफाटा लगिदिनुस् भनेको छु’, उनले भने । ढुंगेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले मंगलबार बिहान ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो

Loading...