माअाेवादी नेता बालकृष्ण ढुंगेल गिरफ्तार

काठमाडाै‌, १४ कार्तिक । माअाेवादी नेता बालकृष्ण ढुङ्गेललार्इ प्रहरीले पक्राउ गरेकाे छ । उनलार्इ ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरिएकाे हाे ।

जनयुद्धकालमा अाेखलढुङ्गामा भएकाे एक घटनालार्इ लिएर उनलार्इ लामाे समयदेखि विवादमा तानिएकाे थियाे । युद्धकालमै उनी गिरफ्तार परेर लामाे समय जेल पनि बसेका थिए । अाेखलढुङ्गा जिल्लामा निकै स्थापित नेताकाे रुपमा रहेका ढुङ्गेललार्इ गिरफ्तार गरिएसँगै फेरि बृहत शान्तिसम्झाैताकाे प्रसङ्ग बहसमा अाएकाे छ । बृहत शान्तिसम्झाैतामा जनयुद्धकालका घटनाहरुलार्इ मेलमिलाप अायाेग मार्फत टुङ्गाे लगाउने भनिए पनि ढुङ्गेललार्इ भने केही एनजिअाेले लगातार पछि लागेर सताइरहेका थिए ।

ढुङ्गेलले जनयुद्धकालका सबै घटना पार्टीकाे निर्णयअनुसार भएकाे दावी गर्दै यसकाे सम्पूर्ण जिम्मेवारी प्रचण्डले लिनुपर्ने दावी गर्दै अाएका थिए । साथै उनले जनयुद्धकाे नेतृत्व गर्ने प्रचण्ड प्रधानमन्त्री हुने जनमुक्ति सेनाका कमाण्डरहरु उपराष्ट्रपति र मन्त्री समेत भइसकेकाे सन्दर्भमा अाफूमाथि यस किसिमकाे व्यवहार गरिनुले अाफ्नाे मानव अधिकार र राजनीतिक अधिकारमाथि हदैसम्मकाे हस्तक्षेप गरिएकाे उनले बताउँदै अाएका थिए ।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले ढुङ्गेललार्इ ज्यान मुद्धामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। उक्त फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्ट्याइएर ढुङ्गेललार्इ सफार्इ दिएकाे थियाे । त्यसपछि उनी जेलबाट रिहा भएका थिए। शान्तिप्रक्रियापछि माअाेवादी सरकारमै रहेका बेला उनका विरुद्ध फेरि मुद्दा दायर गरिएकाे थियाे ।

जनयुद्ध उत्कर्षतिर जाँदै गर्दा २०५५ सालमा अाेखलढुङ्गाका उज्जन कुमार श्रेष्ठकाे हत्या प्रकरणमा बालकृष्णलार्इ जाेडिएकाे थियाे । तर, त्याे घटना जनयुद्धकालीन घटना भएकाे र त्यसमा बालकृष्णलार्इ जाेड्न नहुने भन्दै तत्कालीन नेकपा (माअाेवादी)ले सार्वजनिक रुपमै प्रष्ट पारेकाे थियाे । साथै पटक पटक माअाेवादी नेताहरुले पनि यसबारे प्रष्ट पारेका थिए ।

Loading...