थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ६ सय ३४

काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । सँगै कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।

बुधबार २०१ जना र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो।

बुधबार पीसीआर विधिबाट ८४ हजार एक सय ३४ र आरडीटी विधिबाट एक लाख २५ हजार पाँच सय ६४ को नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार आठ सय ६७ र आरडीटी विधिबाट पाँच हजार एक सय ८५ जनाको नमुना परीक्षण गरिएको छ।

बिहीबारका संक्रमितमध्ये विराटनगरमा एक, वीरगन्जमा एक, बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १८ जना, प्रादेशकि जनस्वास्थ्य प्रयोगशाला, हेटौंडा ९, पोखराको प्रयोगशालामा परीक्षणमा १६, सेती प्रादेशिक अस्पतालको परीक्षणमा तीन, भेरी अस्पतालको परीक्षणमा ४२, धुलिखेल अस्पतालको परीक्षणमा १७, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १०६, कोसी अस्पतालमा ५, प्रादेशिक अस्पताल सुर्खेत आठ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु ९३ जनामा कोरोना पुष्टि भएको हो।

जसमध्ये पुरुष दुई हजार चार सय ५० छन् भने महिला १८४ जना छन्।

Loading...