सेनाका पूर्व रथी र सशस्त्रका पूर्व एआईजी पक्राउ

काठमाडौँ । प्रहरीले सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातलाई महाराजगञ्जबाट शनिबार दिउँसो पक्राउ गरेको छ।

नेपालको भूमि लिपुलेक हुँदै भारतले शुक्रबार एकतर्फी रुपमा सडक उद्घाटन गरेपछि त्यसको विरोधमा पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ र पूर्व सहायक रथि प्रेमसिंह बस्न्यात सडकमा उत्रिएका थिए। सोही क्रममा उनीहरुलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ। मेट्रो प्रहरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने उनीहरु दुईजनालाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको बताए।

लिपुलेकमा भारतीय कदमको विरोधमा लकडाउनका बाबजुद विद्यार्थी संगठन तथा नागरिक समाजले सडकमै उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्।

Loading...