सबै सांसद र कर्मचारीको आज कोरोना परिक्षण गरिदै

काठमाडाैं, २५ बैशाख । शुक्रबारदेखि सुरु हुने संघीय संसदको वर्खे अधिवेशन संचालनको लागि बिहीबार सबै सांसद र कर्मचारीको पिसिआर परिक्षण गरिँदै छ। संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो।

बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा स्वाब संकलन गरिने सभामुख अग्नी सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पिसिआर परीक्षण गर्ने तयारी छ। प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन्।

Loading...