ताप्लेजुङ सदरमुकाममा मध्यराति भीषण आगलागी

काठमाडौं, २० बैशाख । प्रदेश १ अन्गर्गत पहाडी जिल्ला ताप्लेजुङको सदरमुकाममा भिषण आगलागी हुँदा १२ वटा घरहरु पूर्ण रुपमा जलेका भएको छन । ताप्लेजुङकाे सदरमुकाम फुङलिङ बजारमा मध्यराति भीषण अागलागी भएकाे हाे । फुङलिङ बजारस्थित ट्याक्सी काउन्टर (ट्याक्सी पार्किङ गर्ने स्थल) भन्ने स्थानमा आगलागी भएको हाे।

मध्यराति अकस्मात सुरु भएकाे आगलागी साढे ७ घण्टापछि अघि बिहान साढे ५ बजे नियन्त्रणमा आएको बताइएकाे छ । आगलागीबाट एक पक्की घरसहित घुम्ती पसलका साना ठूला घरसमेत गरेर १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक मोहन पोखरेलले बिहान मात्र आगाे नियन्त्रणमा आएकाे जानकारी दिँदै क्षतिको विवरण एकीन नभएकाे जानकारी दिएका छन ।

प्रहरी प्रमुख पाेखरेलले ५–६ वटा दमकल, जेसीभी, स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो नियन्त्रणमा लिइएको जानकारी दिए ।

Loading...