हिडेरै रोल्पा

खुल्ने पर्खाइमा थियौ तर खुलेन, रासन सबै सक्यो पसलेले उधारो नदिने भनेपछि

    लकडाउनको २४ औं दिन सरकारले दैनिक जलादारी मजदुर ,बिपन्न तथा लक्षित बर्गलाइ राहतको पहिलो प्राथमिकतामा रखेने भनेका थिए । तर रोजगारीको सिलशिलामा काठमाडौँ बसेका हजारौ निम्न बर्गीय मजदुर लकडाउनमा खानेै नपाएर भोकै रहनु पर्ने स्थिति भएपछी दैनिकजसो हिडेरै घर पुग्नेको संख्यामा राजमार्गमा देखिनु नौलो कुरा होइन ।
यसैगरि शुक्रबार पनि उपत्यका बात पैदलै बाहिरिनेको संख्या थुप्रै रहयो । दिनको १२/ ३० बजेको थियो , कलंकी बात ३ कि मि जुर्गु धारा राजमार्ग हुदै रोल्पा हिडेका अजवीर बिक लगाएत तिनजनाको समूह नाम्लो भारि बोक्दै टन्टलापुर घाममा लम्किदै थिए । उनीहरु अघिल्लो दिन काभ्रेपलाञ्चोक पाँच खल बार बिहान १० बजे हिडेका थिए । हिडेरै रोल्पा पुग्ने अठोट लिएका अजवीर संगै को कुराकानी – घर हाम्रो रोल्पा तिर्पुली ७ , हामि पाँचखालमा मिस्त्री हेल्पर ज्यामी काम गर्छु । त्यतै कोठा लिएका थियौ लकडाउन सकिएर ३ गते खुल्ने पर्खाइमा थियौ तर खुलेन रासन सबै सक्यो पसलेले उधारो नदिने ,तपाई नचिनेकोलाइ कसरि उधारो दिने ? भने पछी भोकै परिने अवस्था आयो तब हामि बरु जसरि भएपनि आफ्नै घर पुग्ने सोचले हिड्यौ । कमलाउने ठेकेदार संग सम्पर्क भएन ,हामीभन्दा अगाडी अरुसाथिहरु १२ दिनमा पुगिसके , केहि चिउरा खाजा छ झोलामा बाटामा स्व्यम्सेवकहरुले किही दिएला भन्ने आशामा छु । गएको राति भक्तपुर भन्दा माथि बाटामा नयाँ भन्दै गरेको घरमा बितायौ अब अगाडी पनि जहाजस्तो भेटिन्छ केहीछिन आराम गरि हिड्दै गर्नु पर्ला , पाँचखाल देखि बाटामा धेरै समान बोक्ने ट्रक भेतयौ ,हात दियौ तर कसैले रोकेन , बाटामा कहिँ कहिँ नास्ता दियो रोक्न चाहि रोकेन , पाँचखाल नगरपालिका ८ मा हामी बस्थ्यौ रासन सकिएपछि वडा अध्यक्षला भेट्यौ उहाले रासन ५ केजी चामल , दाल आदि दिने भने तर पाइएन नत जाने ब्येबस्था गरिदिए । रोल्पाका हाम्रा वडा अध्यक्षले हामि प्रयास गर्छु मात्र भने तर कत्तिदिन पर्खिने ?अबत सम्पर्क नै गरेन । 

अर्का मजदुर देवराज पुन मगर कसैले सहयोग गर्ने नदेखेपछि पैदलै हिड्नुको बिकल्प नरहेको सुनाए । हर्क बहादुर घर्ति पनि एकहोरो हिड्दै थीए आफ्नो कुरा यसरी सुनाए – बन्द खुल्ने आशामा खाने रासन सकियो ठेकेदारले पैसा अहिले छैन पछि दिउला भनि सम्पर्क बिहिन भएपछी भोकै मर्नु भन्दा हिडेरै हामि एकै ठाउको तीनजना हिड्यौ ।

Loading...