घर फर्कनुअघि स्वास्थ्य जाँच गर्न भनेर आफै अस्पताल पुगेका थप तीन जनामा कोरोना पुष्टि

वीरगञ्ज, ३० चैत । नेपालमा थप तीन जनामा काेराेना भाइरसकाे संक्रमण भएकाे देखिएकाे छ । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज स्थित एक मस्जिदमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

यससँगै नेपालमा काेराना संक्रमितकाे संख्या १२ पुगेकाे छ । विरगञ्जमा भेटिएका तीन जनाकाे नमूना दुइ पटक परिक्षण गरेर उनीहरुमा काेराेना भाइरस रहेकाे पुष्टि गरिएकाे हाे । वीरगञ्जबाट नमूना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । तर, हेटाैडामा देखिएकाे रिपाेर्टलाइ पत्याइएन । त्यसपछि त्यसलाइ पुनः जाँच गर्नका लागि काठमाडाैंमा रहेकाे राष्ट्रिय प्रयोगशालामा पठाइयो । राष्ट्रिय प्रयाेगशालमा पनि रिपाेर्ट पाेजिटिभ देखिएपछि साे काे जानकारी सम्बन्धित व्यक्तिलाइ दिइएकाे थाहा भएकाे छ ।

विरगञ्ज प्रशासनले भारतबाट आएका २४ जनासहित ३३ जनाको नमूना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाएको थियो । ३३ जनाकाे नमूना परिक्षण गर्दा तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको बताइएकाे थियाे । तर, हेटाैडामा उनीहरुकाे रिपाेर्ट एकिन गरिएन ।

हेटाैडामा गरिएकाे परिक्षणमा उनीहरुकाे रिपाेर्ट मिश्रित रहेकाे थाहा भएपछि मात्र उनीहरुलाइ नारायणी अञ्चल अस्पतालमा लगिएकाे बुझिएकाे छ । त्यसअघि उनीहरु वीरगञ्ज–२ छपकैयामा रहेकाे जामे मस्जिदमा बस्दै आएका थिए । रिपाेर्टकाे जानकारी आएपछि मात्र मस्जिदबाट नारायणी अस्पतालमा लगेर त्यहाँ रहेकाे आइसोलेसनमा राखिएको थियाे ।

संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका थिए । उनीहरु सप्तरीमा आयोजना गरिएकाे मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएकाे बुझिएकाे छ ।

उनीहरुले लकडाउन खुलेपछि घर फर्कन भनी तीनदिनपछि अर्थात १५ अप्रिलका लागि टिकट काटेका छन् । उनीहरु आफैले घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त ठानेर अस्पताल पुगेकाे बुझिएकाे छ । उनीहरु आफैँ नारायणी अस्पतालमा पुगेपछि मात्र उनीहरुकाे नमूना संकलन गरिएकाे थियाे ।

Loading...