बीरअस्पताललाइ सेनिटाइजिंग बुथ हस्तान्तरण

     

   चैत्र ३० ,काठमाडौँ ।  कोरोना संक्रमणबात सुरक्षित राख्न मुलुककै ठुलो अस्पताल बीरअस्पतालमा सेनिटाइजिंग बुथ राखिएको छ ।
आइतबार मारवाडी युवा मंचले प्रविधि युक्त सेनिटाइजिंग बुथ शहर्री बिकाश राज्य मन्त्रि रामबिर मानन्धर ,काठमाडौँ महानगर पालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ तथा बीर हस्पतालका निर्देशक केदार सेन्चुरी लाइ उक्त बुथ हस्तान्तरण गरिएको छ । 


राज्य मन्त्रि मानन्धरले अन्य अस्पताल र सरकारी कार्यालयहरुमा पनि यस किसिमको बुथ राखनुपर्ने बताउनु भयो ।
निर्देशक सेन्चुरीले अस्पतालमा आउने बिरामी र स्वास्थ्य कर्मीलाइ संक्रमणबात रोक्न मदत गर्ने बताउनु भयो । 


यसैगरि स्वास्थ्य सेवाका अन्य स्थानमा बिषेस भूमिकामा सेनिटाइजिंग बुथ स्थापनामा गराउदै आउनु भएकी महानगरका उपप्रमुख खड्गीले भन्नु भयो – अहिलेको यो अवस्थामा बाहिरबाट अस्पताल आउने सबैका लागि निकै लाभदाइक र प्रभावकारी छ । बुथ भएर अस्पताल प्रवेश हुनुपर्ने भएका कारण संक्रमित ब्यक्तिको डीस्इन्फेक्सन स्पर्शले आर्को व्यक्तिमा सर्नबाट जोगिन्छ । मंचले यसैगरि आवस्यक पर्ने अन्य अस्पताल लगाएत स्थानमा राख्नकालागि सम्बन्धित संगै सहकारी गर्न सकोस र मंचलाई अहिलेको यो अवस्थामा आफ्नो तरफ बाट गरेको योगदानलाइ धेरै धरै धन्यबाद दिन चाहन्छु ।

अस्पतालको मुख्य प्रवेश द्वारमा राखिएको यो सेनिटाइजिंग बुथमा प्रवेश गर्दा भित्र जडान गरिएको डीस्इन्फेक्सन  केमिकलले शरीर आगाडी पछाडी तल माथि पुरै छर्किने हुनाले कोरना संक्रमण बात सुक्षित रहन मद्दत हुने मंचले बताएको छ । 

यो समाचार तपाइलाई कस्तो लग्यो ? कमेन्ट बक्समा लेख्नुहोला-

Loading...