चीनमा भन्दा अमेरिकामा धेरै मानिसको कोरोनाबाट मृत्यु

काठमाडौं, १९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको ज्यान गएको छ ।

बीबीसीका अनुसार, अमेरिकामा हालसम्म ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी हो । चीनमा हालसम्म ३ हजार ३ सय ५ मानिसको ज्यान गएको छ ।

चीन र युरोपपछि कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या पनि बढ्दो क्रममा छ । जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकाको कुल कोरोना संक्रमित संख्या १ लाख ८१ हजार पुगेको छ ।

गत वर्षको डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म ४१ हजार बढी मानिसको ज्यान गएको छ । झण्डै ८ लाख ५० हजार मानिसमा यसको लक्षण देखापरेको छ । कोरोना प्रकोप बढेपछि अहिले विश्वका सबैजसो देशले सतर्कता अपनाइरहेका छन् ।

Loading...