ज्वरो र खोकी लागेर वीर अस्पतालमा भर्ना भएको भोलिपल्टै ३४ वर्षीय महिला र पुरुषको मृत्यु

काठमाडौं, १७ चैत । राजधानीको पुरानो अस्पताल वीर अस्पतालमा कोरोना संक्रमित भएको आशंका गरिएका २ जनाको मृत्यु भएको छ । मृत्यु भएका दुबै जनाको रिपोर्ट परिक्षण भइरहेको तर त्यसको रिपोर्ट आइनसकेको वीर अस्पताल स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा ५० वर्षका एक पुरुष र ३४ वर्षकी एक महिला छन् । ३४ वर्षकी महिला काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुंगलकी रहेको बताइएको छ । मृत्यु भएका पुरुष हालै भारतबाट फर्केृको पनि बताइएको छ ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको तर रिपोर्ट आइनसकेको जानकारी दिए ।

सतुंगलकी महिलालाई आइतबार मात्र वीर अस्पताल ल्याइएको उनले जानकारी दिए । उनलाई निमोनियाको समस्या थियो । अस्पताल ल्याइएको अर्को दिन आज सोमबार विहान उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

त्यसैगरी अस्पतालका अनुसार ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको आज सोमबार दिउँसो मृत्यु भएको हो ।

Loading...