क्वारेन्टइनका लागि होटल व्यवसायी संघ शिवराजले ११० कोठा उपलब्ध गराउने

कपिलवस्तु । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम रोक्न होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ शिवराजले १ सय १० कोठा उपलब्ध गराउने भएको छ ।

व्यवसायी संघका नगरअध्यक्ष विष्णु पोख्रेलको अध्यक्षतामा आइतबार बसेको बैठकले क्वारेन्टाइनका लागि आवश्यक पर्दा नगरभित्र संचालित होटलहरुले २० एसीसहित एकसय १० कोठा उपलब्ध गराउने निर्णय गरेको हो ।

विश्वभर फैलिँदै गएको कोरोना भाइरस जस्तो महामारीलाई रोक्न नेपाल सरकारको निर्णयानुसार सरकारलाई सहयोग गर्न यस्तो निर्णय गरेको शिवराज नगर इकाई अध्यक्ष पोख्रेलले भने । होटल व्यवसाय अत्यावश्यक सेवा सुविधामध्ये एक भएकाले सम्पूर्ण व्यवसायीलाई सुरक्षित भई व्यवसाय संचालन गर्न समेत बैठकले अनुरोध गरेको छ ।

बैठकमा होटल व्यवसायी संघ केन्द्रिय सदस्य ढुण्डीराज अधिकारी, ५ नं. प्रदेश सदस्य सन बहादुर सारु, वरिष्ठ जिल्ला उपाध्यक्ष लेखनाथ घर्ती, जिल्ला सचिव शिवलाल सापकोटा, जिल्ला कोषाध्यक्ष पदम ढकाल लगायत होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Loading...