दुईजना भन्दा बढी भेला हुन नपाउने, विश्वकै शक्तिशाली नेतृ चान्सलर मर्केल क्वारेन्टाइनमा

एजेन्सी । जर्मनीमा दुईजना भन्दा बढी भेला हुन नपाइने भएको छ । कोरोना भाइरसको महामारी थप फैलिन नदिने प्रयासमा रहेको जर्मनी सरकारले सार्वजनिक स्थानमा हुने भेलामा थप कडा नियम लागु गरेको हो ।

अब सार्वजनिक स्थानमा दुईजना भन्दा बढी भेला हुन पाउने छैनन् । जर्मन चान्सलर एङ्गेला मर्केलले टेलिभिजन मार्फत गरेको सम्बोधनमा भनेकी छन्, ‘भाइरसको संक्रमण कम गर्नका लागि हाम्रै बानी सबैभन्दा प्रभावकारी उपाय हो ।’

नयाँ नियम लागु भएसँगै सैलुन, ब्युटिपार्लर र मसाज स्टूडियो पनि बन्द भएका छन् । अत्यावश्यक बाहेकका अरु पसलहरु यसअघि नै बन्द भएका थिए ।

टेलिभिजन सम्बोधनपछिको केही समयपछि नै चान्सलर मर्केल पनि क्वारेन्टाइनमा बसेको उनको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको बिबिसीले जनाएको छ ।

६५ वर्षकी उनलाई गएको शुक्रबार डाक्टरले निमोनिया गराउने ब्याक्टेरिया विरुद्धको खोप लगाएका थिए । चान्सलर मर्केलमा अहिले कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसपछि उनी क्वारेन्टाइनमा बसेकी हुन् । उनीको स्वास्थ्य र नमून हरेक दिन परीक्षण हुने र उनले केही दिन घरबाटै काम गर्ने जनाइएको छ ।

युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्था रहेको जर्मनीमा अहिलेसम्म १८ हजार ६१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म जर्मनीमा कोभिड–१९ का कारण ५५ जनाको मृत्यु भएको छ ।

Loading...