तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, १८ घाइते

तनहुँ, ९ चैत । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, १८ घाइते भएका छन ।  तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना भएको हो । मृत्यु हुनेमा गोरखा नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Loading...