आयल निगमले भन्छ बजारमा पेट्रोलियम पदार्थको अभाव छैन ।

काठमाडौँ, ५ चैत । नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको बताएको छ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको जोखिम बढेका बेला भारतबाट आयात बन्द हुने आशंकामा बजारमा माग बढेपनि आपूर्तिमा कुनै समस्या नरहेको आयल निगमले बताएको हो । निगमका प्रवन्ध निर्देशक सुशिल कुमार पौडेलले मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै पेट्रोलियम पदार्थको माग अत्याधिक बढेको तर आयात र वितरणमा कुनै समस्या नरहेको बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पेट्रोलियम पदार्थको वितरणमा निरन्तर अनुगमन भइरहेको बताए । उनले ग्यासको वितरण प्रणालीमा भने केही समस्या देखिएकाले बजारमा अभाव देखिएको बताए । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले बजारमा पेट्रोलियम पदार्थको ढुवानीमा कुनै समस्या नरहेको बताए । उनले ७ वटै नाकाबाट पेट्रोल आयात भइरहेको र निगमले उपलब्ध गराए अनुसार पेट्रोलियम पदार्थ बजारमा पु¥याउन कुनै समस्या नरहेको उनले बताए ।

Loading...