आज एकैपटक ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौँ, ३० फागुन । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबारदेखि सामान्य ओरालो लागेको सुनको मूल्य आज एकैपटक ह्वात्तै झरेको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले यहाँ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी पनि आज तोलामा ४० रुपैयाँ घटेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

Loading...