किन कक्षा छाड्नै मान्दैनन् बाल विकासका नानीहरु

२५ फागुन । खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को छिप्रा गाउँमा रहेको सीता माविको बाल विकासमा सिक्ने साना–साना नानीहरुले कक्षा छाड्नै मान्दैनन् । कक्षा कोठामा नानीहरु प्रवेश गरेपछि भित्रको रमणीय वातावरणका कारण नानीहरुले कक्षा छाड्न नमानेका हुन् । बाल विकासकी सहयोगी कार्यकर्ता वीरकला उपाध्यायका अनुसार नानीहरु कक्षामा प्रवेश गरेपछि छाड्नै नमान्ने गरेको बताईन । उनले कक्षा भित्रको रमणीय वातावरणकै कारण नानीहरुले कक्षा छाड्न नमानेका हुन् ।

दिउँसो टिफिनको बेला कक्षा बाहिर नआएरै भित्र बस्ने गरको र दिसा पिसाब पनि सोधेर लिनु पर्ने अवस्था छ । सहयोगी कार्यकर्ता उपाध्ययले बेलुका छुट्टी भएपछि पनि सबै नानीहरुलाई जबरजस्ती निकाल्नु पर्ने बाध्यता रहेको बताइन् । अर्को सहयोगकी कार्यकर्ता राम बहादुर हमालको भोगाई पनि यो भन्दा फरक छैन । न्यून पारिश्रमिक भएपनि दुबै जना सहयोगी कार्यकर्ताहरुले दिलो ज्यान दिएर नानीहरुलाई पठन–पाठन गर्दै आउनु भएको छ । विद्यालयले आन्तरिक श्रोतबाट नयाँ शैक्षिक सत्रदेखि बाल विकासका दुवै कक्षाहरुमा नयाँ व्यवस्था गरेको हो ।

गत वर्षसम्म कार्पेट बिछ्याएको कोठामा टेलिभिजनबाट सानानानीहरुका लागि सामग्री हेर्ने व्यवस्था गरिएकोमा यसपालीबाट कक्षामा थप शैक्षिक सामग्रीहरुको अन्य तरिकाबाट अध्ययन गर्ने व्यवस्था गरिएको सीता माविका प्रधानाध्यापक जुनराज हमालले बताए । काठको सिलिङ गरिएको कोठामा कार्पेट बिछ्याएर सानानानीहरुका लागि आकार मिल्ने टि टेबलको व्यवस्था गरिएको छ । एउटा टि टेबलमा चार जना नानीहरु बस्ने व्यवस्था गरिएको छ । प्र.अ हमालका अनुसार ती टेबलमा नानीहरुलाई आर्कषित गर्ने रङ्गिन शैक्षिक सामग्री राखिएको छ ।

नानीहरुले इच्छा अनुसार ती सामग्री हेर्ने र पढ्ने गर्छन् । त्यति मात्र होईन कक्षा कोठाका भित्ताहरुमा नेपाली र अंग्रेजी अक्षर चिन्ह सकिने पोष्टरहरु पनि टाँगिएका छन् । जसबाट पनि नानीहरुले अध्ययन गर्ने मौका पाउँछन् । कक्षाको एउटा साईटमा र्याग बनाएर रङ्गिन शैक्षिक सामग्रीहरु पनि राखिएका छन् । जसलाई नानीहरुले आफ्नो इच्छा अनुसार हेर्ने गर्छन् । त्यसै गरि अडियो भिडियोबाट अध्ययन गराउने व्यवस्था पनि विद्यालयले गरेको छ । त्यस्तै टेलिभिजनबाट शैक्षिक सामाग्री प्रस्ुतत गर्ने गरिन्छ । दिउँसो एक बजे खाजाको व्यवस्था पनि कक्षा मै गरिन्छ । चालीस जना नानीहरु भएपछि विद्यालयले दुुईवटा बाल विकासका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

Loading...