उच्च नेता सहभागी कार्यक्रममा चल्याे गोली ३२ को मृत्यु, मुस्किलले बाँचे अब्दुल्लाह

काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार ठूलो आक्रमण भएको छ । शुक्रबार काबुलमा बन्दुकधारीहरुले एक कार्यक्रममा गोलाबारी सुरु गरेका थिए । जसमा कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ । कैयौँ मानिसहरु घाइते भएका छन् । प्रहरीको जवाफी कारबाहीमा हमलाकारीको पनि मृत्यु भएको छ ।

यो हमलामा अफगानिस्तानका मुख्य कार्यकारी अधिकारी (सीईओ) अब्दुल्ला अब्दुल्ला मुस्किलले बचेका छन् ।

आतंककारी संगठन आईएसले यो हमलाको जिम्मेबारी लिएको छ । तालिबानले भने यो हमलामा आफ्नो हात नरहेको जनाएको छ । आईएसले अल्पसंख्यक शियाविरुद्ध युद्दको घोषणा गरेको छ । जुन कार्यक्रममा गोलाबारी भयो त्यहाँ अधिकांश शिया थिए ।

यो कार्यक्रम अफगानिस्तानमा शिया हाजरा नेता अब्दुल अली मजारीको पुण्यतिथिका अवसरमा आयोजना गरिएको थियो । मजारीको यसै दिन तालिबानले सन १९९५ मा हत्या गरेको थियो ।

यो कार्यक्रममा अफगानिस्तानका सीईओ अब्दुल्ला अब्दुल्ला समेत थुप्रै दिग्ग्ज नेताहरु सहभागी थिए । अब्दुल्ला अब्दुल्ला अफगानिस्तानका विपक्षका नेता हुन् ।

यसअघिको राष्ट्रपति चुनावमा उनले अशरफ गनीलाई कडा टक्कर दिएका थिए । हो हमला भन्दा केहीबेर अघि नै त्यहाँबाट अब्दुल्ला अब्दुल्ला समेत अन्य केही नेताहरु निस्केका बताइएको छ ।

Loading...