चैत्यदेवी सिंह र मदनकृष्ण श्रेष्ठको भव्य सम्मान हुने

    आश्विन ३० ,काठमाडौं /        नेवाः फिल्म सोसाईटीले वरिष्ठ चलचित्रकर्मीद्वय चैत्यदेवी सिंह र मदनकृष्ण श्रेष्ठलाई भव्य सम्मान गर्ने भएको छ ।
सोसाईटीबाट आयोजना हुन गइरहेको दोश्रो चलचित्र महोत्सव र सम्मान कार्यक्रम ‘निक्वःगु ल्न्क् संकिपा नखः व ल्ँक् संकिपा सम्मान ११३७’मा दुइ वरिष्ठ चलचित्रकर्मीलाई सम्मान गर्न लागिएको हो । सोसाईटीले आज ललितपुरमा पत्रकार सम्मेलनको आयोजना सिंह र श्रेष्ठलाई सम्मान गर्न लागेको जानकारी दिएको हो । सोसाईटीले नेपालको पहिलो चलचित्र ‘आमा’मा आमाको भूमिका निभाउनु हुने साथै पहिलो रंगीन चलचित्र कुमारीकी प्रमुख अभिनेत्री चैत्यदेवी सिंहले चलचित्र क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै उनलाई सम्मान गर्न लागेको जनाएको छ । साथै नाट््य, संगीत साथै चलचित्रमार्फत निरन्तर रुपमा नेपालभाषा, कला, साहित्य क्षेत्रलाई योगदान पु¥याउँदै आउनुभएका हास्यसम्राट, वरिष्ठ कलाकर्मी मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्ने पनि सोसाईटीले बताएको छ । सम्मानित दुबै कलाकर्मीलाई विशेष खादाले ओढाइ, सम्मान पत्र र सम्मान चिन्ह स्वरुपको ट्रफि सहित सम्मान गरिने महोत्सव संयोजक बिजेन्द्र बज्राचार्यले बताउनुभयो ।
सोहि कार्यक्रममा सम्मानको ट्रफिको साथमा महोत्सवको टिकट पनि सार्वजनिक गरिएको थियो । वरिष्ठ सिने पत्रकार, चलचित्र निर्देशक साथै नेपालभाषाका प्रथम सिने पत्रकार विजयरत्न तुलाधरले ट्रफि र टिकट सार्वजनिक गर्नुभयो । मच्छिन्द्रनाथको रथ जात्राको क्रममा मच्छिन्द्रनाथलाई विराजमान गराइने रथको ढाँचामा बनाइएको महोत्सवको ट्रफि तयार गरिएको छ । आफ्ना गतिविधि र कार्यक्रम मार्फत नेपालको मौलिक संस्कृतिको पहिचान पनि झल्काउने उद्देश्यले यो ट्रफि निर्माण गरिएको सोसाईटीले जनाएको छ । कार्यक्रममा सोसाईटीका सदस्य आभाष धरानन्द राजोपाध्यायले उक्त रथ र मच्छिन्द्रनाथको बारेमा जानकारी गराउनुभएको थियो ।
मन्तव्यको क्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले नेवाः फिल्म सोसाईटीले यस चलचित्र महोत्सव मार्फत आमा चलचित्रकि आमा चैत्यदेवी सिंह हुन्् भन्ने लुकेको तथ्यलाई प्रकाशमा ल्याएकोमा खुसी व्यक्त गर्नुभयो । साथमा सोसाईटीले अध्ययन, अनुसन्धान, वहस गर्दै चलचित्र क्षेत्रमा यस्तै लुकेका अन्य तथ्यहरुलाई पनि उजागर गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, सिने पत्रकार श्याम स्मृतले राज्यले नेवाः लगायत अन्य आदिवासी जनजाति चलचित्रको लागि अन्य सुविधाको साथमा चलचित्र प्रदर्शन गर्ने हलको व्यवस्था गरिदिनुपर्नेमा जोड दिनुभयो । पत्रकारको प्रश्नको उत्तर दिंदै सोसाईटीका अध्यक्ष लुःजः सिंहले अब नेवाः चलचित्र पनि प्रकृया पुरा गरेर सम्बन्धित निकायमा दर्ता भएर जानुपर्ने बताउनुभयो । दर्ता नभइ चलचित्र निर्माण भइरहँदा चलचित्रकर्मीहरु राज्यबाट प्राप्त हुने सुविधाबाट पनि बञ्चित भइरहेको अध्यक्ष सिंहको भनाइ थियो । 

Loading...