एनअारएनएकाे विश्वसम्मेलनमा भिजन २०२० पारित तर नेतृत्वमा घम्साघम्सी

काठमाडाैं, ३० असाेज । दुर्इ कार्यकाल अध्यक्ष भएर नेतृत्व गरेका शेष घले पत्नी जमुना घलेले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएपछि एनअारएनएकाे अाठाैं विश्व सम्मेलनमा कसले बाजी मार्ला भन्ने चर्चा परिचर्चा बढेकाे छ । यसअघि एनअारएएका पूर्व अध्यक्षहरुले भट्टलार्इ सर्वसम्मत बनाउन प्रयत्न गरेका थिए । सुरुमा भट्टलार्इ नेतृत्व छाेड्न तयार भए पनि जमुनाले अन्तिममा अाएर अाफ्नाे उम्मेदवारी दर्ता गराएकी हुन् ।

एनअारएएकाे सम्मेलनस्थल हयात होटलमा भइरहेकाे छ । शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकाे सम्मेलनकाे बन्दसत्र अाज सकिदैछ । अाजै मतदान हुने कार्यक्रम पनि छ ।

हयात रिजेन्सी हाेटेलमा बन्दशत्र चलिरहेकाे भए पनि उम्मेदवारहरु भने अाफू अाफ्ना प्रतिनिधिलार्इ मत माग्न दाैडधुप गरिरहेका छन् । जमुना घले नउठ्दा जापानका व्यावसायी तथा वर्तमान उपाध्यक्ष भवन भट्टको जित निश्चित जस्तै हुने भनिएकाे थियाे । तर, घलेले पनि उम्मेदवारी दिएपछि भट्ट पनि झस्किएका छन् । अध्यक्ष पदमै टीबी कार्कीले पनि उम्मेदवारी दिएका छन् ।

आइतबार अपरान्ह १२ बजेसम्म मतदाताहरुको अद्यावधिक गर्ने अन्तिम समय थियो। चुनावी राप कतिसम्म चढ्यो भने त्यो समय बढाएर बेलुकी ५ बजेसम्म पुर्याइयो। १२ बजेसम्म मतदाता संख्या १७९७ पुगेका थिए। स्राेतका अनुसार बढाइएको समयभित्र ५२ जना सदस्य थपिएका छन्। केहीले यसकाे पनि विराेध गरेका छन् ।

एनआरएनएको आठौं विश्व सम्मेलनकाे बन्दशत्रबाट ‘भिजन २०२० एण्ड बियोण्ड’ संशोधनसहित पारित भएको छ । ‘भिजन २०२० एण्ड बियोण्ड’ यसअघि छलफलमा ल्याउदा केही विवादमा परेकाे थियाे । तर सम्मेलनले यसलार्इ केही संशाेधनसहित पारित गरेकाे छ । यसअघिका अध्यक्ष शेष घलेले याे अवधारणा ल्याएका हुन् । उनले एनआरएनएको संरचनागत परिवर्तन गर्नेदेखि विभिन्न कार्यक्रम पनि यसमा प्रस्ताव गरेका छन् । खासगरी एनअारएनएकाे सचिवालयलाई शक्तिशाली बनाउने, एनआरएनएलाई च्यारिटेवल संस्था बनाउने लक्ष्य यसमा छन्। अहिले टन्न पैसा हुनेले मात्र एनआरएनएको नेतृत्वमा जाने आँट गर्ने हुँदा संस्थालाई च्यारिटेबल बनाइए विश्वभर फैलिएका ब्यापारीहरुले ‘ट्याक्स पे मनी’ एनआरएनएलाई दिए यो संस्था आर्थिक रुपले सक्षम हुने र त्यसपछि सर्वसाधारणले पनि नेतृत्व हाँक्न सक्ने अवस्था अाउने कल्पना यसमा गरिएकाे छ । त्यसैगरी याे अवधारणामा एउटा अक्षयकोष बनाएर त्यसबाट परोककारी कामदेखि वैदेशिक रोजगारीमा जानेहरुलाई सहयोग गर्ने कार्यक्रम पनि प्रस्ताव गरिएकाे छ ।

Loading...