समय सकिने बेला सांसदले मनपरी बाँडे १० अर्ब

काठमाडौं, ३० असोज। संसदको अायु सकिएसँगै सांसदहरुको काठमाडौं बसाईको अर्थ पनि समाप्त भएको छ । संसदकै कामको लागि अब सां‌सदहरुले काठमाडौंमा डेर गर्नु नपर्ने भएको हो । अागामी मंसिरपछि नयाँ अनुहारका सांसदहरु काठमाडौमा देखिनेछन् ।

सांसदहरु जनताको काम भन्दापनि अाफ्नो स्वार्थको लागि मरिहत्ते गर्ने गरेको अारोप विगतदेखि नै लाग्दै अाएको छ । त्यही अारोपको अर्को पुष्ट हो जाँदाजाँदै १० अर्ब सक्नु । निर्वाचन अाचारसंहिता जारी भइसकेको अवस्थामा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र संसद् विकास कोषको बजेट अाफूलाई लाभ हुने गरी बाँडेका छन् ।

Loading...