रामकृष्ण र निलम फेरि एक साथ ‘तिम्रो बारे‘ (भिडियो सहित)

काठमाडौं, २ फागुन । भ्यालेन्टाइन डेको अवसर पारेर गायक रामकृष्ण ढकालले एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘तिम्रो बारे‘।’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो अझै विशेष बनेको छ । भिडियोमा गायक ढकाललाई निलम ढकालले अभिनयमा साथ दिएकी छिन् । भिडियोमा उनीहरुको जोडि निकै आकर्षक तथा रोमान्टिक देखिएको छ । गीतमा एउटा प्रेमिले आफ्नी प्रेमिकाको बारेमा गरेको मायालु वयान समेटिएको छ ।

सुगम संगीतमा आधारित उक्त गीतमा कर्मा ब्याण्डका संगीतकर्मी सुरेन्द्रमान सिहले संगीतबद्ध गरेका छन् । गीतका शब्दहरु मनिष वशिष्ठ रचना गरेका हुन् । गम्भिर विष्टद्वारा निर्देशन गरिएको उक्त भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । गीतमा सबोल थापाको कोरियोग्राफी छ । नविन निरौला उक्त भिडियोका सम्पादक हुन् ।

Loading...