आज नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरोध नगर्ने

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरोध नगर्ने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको सांसद डा। डिला संग्रौलाले जानकारी दिइन् ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे यता कांग्रेसले संसद चल्न दिएको थिएन ।

बैठकको सुरुमा आफ्नो कुरा राख्ने र संसद सञ्चालन हुन दिने सूचना सभामुखलाई दिन लागेको डा. संग्रौलाले जानकारी दिइन् । कांग्रेस केन्द्रीय समितिको सोमबार बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

Loading...