विधानसभा चुनावको मतगणना सुरु: आम आदमी पार्टी अगाडि

काठमाडौं, २८ माघ । दिल्ली विधानसभा चुनावको मतगणना आजबाट शुरु भएको छ । आज बिहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाहरुमा अरविन्द केजरीवाल नेतृत्वको सत्तासिन आम आदमी पार्टी अगाडि देखिको छ । प्रतिष्पर्धी मानिएको भारतीय जनता पार्टी भाजपा दोश्रो स्थानमा रहेको छ भने भारतीय काँग्रेस तेस्रो स्थानमा रहेको छ । विधानसभाको चुनावमा आम आदमी पार्टीले नै नयाँ सरकार गठन गर्ने देखाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

सन् २०१५ मा भएको आम निर्वाचनमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो । दिल्ली विधानसभामा ७० सिटका लागि दलहरूबीच प्रतिष्पर्धा छ । मतगणना केन्द्रहरुको बाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ । मतगणना स्थलहरुमा अत्यधिक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आज ६७२ उम्मेदवारहरूको राजनीतिक भाग्यको फैसला हुने छ। दिल्ली विधानसभाको ७० सिटका लागि ८ फेब्रुअरीमा मतदान भएको थियो । एजेन्सी

Loading...