प्रतिनिधसभाको सभामुखका लागि अग्नि सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौं, ७ माघ । प्रतिनिधिसभाको सभामुख पदका लागि अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको उम्मेदवारका रुपमा सापकोटाले प्रतिनिधिसभाको भावी सभामुखका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक रहेका छन् । सापकोटाको उम्मेदवारीमा नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राष्ट्रिय जनता पार्टी राजपा नेपालका संसदीय दलका नेता लक्ष्मणलाल कर्णलगायत सांसदहरु समर्थक रहेका छन् ।

Loading...