दीपक बज्राचार्य,कालीप्रसाद बास्कोटा, र मेलिना राईको प्रस्तुतिमा झुमे दर्शक

रुपन्देही, १३ पुस । एनसेलले शनिबार बुटवलमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ सफलतापूर्वक सकिएको छ । मेलामा दर्शकले चर्चित कलाकारहरुको प्रस्तुतिसँगै विविध खेल गतिविधिबाट मनोरञ्जन लिए । नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्‍याउने र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यका साथ एनसेलले सिद्धेश्वरी स्कुल मैदान, दीपनगरमा मेला आयोजना गरेको थियो । दिउँसो १२ बजे सुरु भएको गीतसंगीतकको कार्यक्रम दिउँसो ३ बजेसम्म चलेको थियो ।

मेलामा दीपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना लाहुरे, कालीप्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाईँ लगायतका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । साथै कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यको उद्घोषणले दर्शकहरुलाई थप मनोरञ्जन दियो ।

मेलामा गेम स्टलहरु, विभिन्न थिम गेमहरु र ओकुलस भर्चअलजोन जस्ता विशेष आकर्षणहरु रहेका थिए । बालबालिकाका लागि किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनीगो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाइला गेम पनि थिए ।

मेलामा दर्शक तथा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा लिँदै आकर्षक पुरस्कारहरु जित्न सफल भएका थिए । त्यस्तै कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिनुका साथै फोरजी सिम लिन र पुरानो सिम फोरजीमा अपग्रेड गर्न पाएका थिए ।

Loading...