१० गतेको सूर्यग्रहण यी राशीलाई हुनेछ फलिफाप , कहाँबाट कसरि हेर्ने ?

नेपालबाट पुषको १० गते सूर्यग्रहण देखिदै छ । यो ग्रहण वास्तवमा वलय सूर्यग्रहण भएता पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । यस ग्रहणलाई मलेसिया, सिंगापुर,श्रीलंका, तमिलनाडु, ओमान, युनाइटेड अरव इमिरेस्ट आदि ठाउहरुवाट वलय सूर्यग्रहण देख्न सकिन्छ भने जापान, कोरिया, ताइवान, हङकङ, भियतनाम, कम्वोडिया, थाइल्याण्ड, लावोस, म्यानमार, भुटान, नेपाल, लासा, ताजकिस्तान, अजरवैजान आदि मुलुकबाट भने खण्डग्रास सूर्यग्रहण मात्र देखिन्छ ।

चन्द्रग्रहण हेर्दा हाम्रो आखामा कुनै असर गर्दैन भने सूर्य ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनु पर्ने हुन्छ । मानिसको आखा अत्यन्तै संवेदनशील हुन्छ । यदि मानिसको आखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थाइरुपमा नै नष्ट हुन गई मानिस सदाको लागि अन्धो समेत हुन सक्दछ । त्यसैले सूर्यग्रहणका वेलामा नाङ्गो आखाले कदापि हेर्न हुदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्दछ । ग्रहण हेर्नलाई बनाइएको बिशेष चस्मा को प्रयोगगरी ग्रहण हेरेमा कुनै नोक्सानी हुदैन भने सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाइ छाया हेर्नु नै हो ।

धार्मिक समुदायका मानिसहरु ग्रहणका वेला दान दक्षिण गर्दा विशेष फलमिल्ने विश्वास गरी दान दिने नदि तट वा गंगामा गई ग्रहणको स्नान गरी सुद्द हुने गर्दछन् भने तान्त्रिकहरु आफ्नो मन्त्र सिद्घ गराउनका निमित्त ग्रहण लागेका वेला अत्यन्तै उपयुक्त मान्दछन् र मन्त्रको साधना समेत गर्दछन् । ग्रहण सम्बन्धि अन्धविश्वास संसारभरी नै रहेका पाउन सकिन्छ । रोमनहरु ग्रहणका वेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागनसगको सम्बन्धमा विश्वास गर्ने गर्दछन् । प्राचीन मिश्रका राजा आफै सूर्यवंशी थिए उनी सूर्यग्रहणका वेलामा आफ्नै शहरको मुख्य मन्दिरमा गएर मन्दिरको परिक्रमा गरिरहन्थे भन्ने कुराको इतिहास भेट्न सकिन्छ ।

पुष दश गते लाग्ने सूर्यग्रहण नेपालबाट विहान ८ बजेर ४३ मिनेटबाट सुरु भई एघार वजेर ३१ मिनेटमा समाप्त हुदैछ । विहानको दश वजेर दुइ मिनेट जादा सूर्यलाइ हामीहरुले करीव ३७ प्रतिशत ढाकेको देख्दछौ भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चीसो अनुभव सबैले महशुस गर्नेछन् । यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण कर्कट, तुला, कुम्भ तथा मीन राशीभएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानीकहरु भने सूर्यग्रहण जो कोहिले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन् ।

साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरुका लागि यस्तो घटना आफ्नो गणित जाच्ने सुनौलो अवसर हो । वैज्ञानीक तथा खगोलविद्हरु सूर्य चन्द्र तथा पृथ्वीको सहीदूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन् भने हाम्रा साना नानीवाबुहरुका लागि भने विज्ञानमा रुची पैदा गराउन यस्ता घटनाहरु उपयोगि हुने गर्दछन् ।

सूर्यग्रहण हेर्नचाहने जो कोहिलाइ तक्ष्ँशिला एष्ट्रोनोमिकल क्लवले सामाखुशी स्थित तक्षशिला कलेजको छतबाट सुरक्षित तरिकाबाट ग्रहण हेर्ने व्यवस्था मिलाएको छ ।

Loading...