प्रेस संगठनको भक्तपुर संयोजकमा कविता सह-संयोजकमा संजीप

प्रेस संगठन नेपालले उपत्यका प्रदेश कमिटी अन्तर्गत तीनैवटा जिल्लाको नेतृत्व टुंगो लगाएको छ l तत्कालिन प्रेस सेन्टर नेपाल र प्रेस चौतारीको एकतापछि बनेको प्रेस संगठन नेपालले उपत्यका प्रदेश कमिटी अन्तर्गत तीन जिल्लाको नेतृत्व टुंगो लगाएको हो ।

शुक्रवार आपसी सहमतिमा एकमतले तीनै वटा जिल्लाको नेतृत्व चयन भएको प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीका संयोजक नवराज दाहालले बताए । उपत्यका कमिटी संयोजक दाहालले जनाए अनुसार उक्त संगठनको भक्तपुर जिल्ला नेतृत्वमा पत्रकारद्वय कविता थापा र संजीप शुभचिन्तक चयन भएका छन् ।

प्रेस संगठन नेपालले भक्तपुर जिल्ला कमिटी संयोजकमा कविता थापालाई चयन गरेको छ भने संजीप शुभचिन्तक सहसंयोजक चयन भएका छन् । थापा गोरखापत्रकर्मी हुन् भने शुभचिन्तक भक्तपुर पोस्ट, ननस्टप खबर र सिकाइ मासिकसंग आवद्ध छन् ।

त्यसैगरी काठमाडौँ जिल्ला कमिटी संयोजकमा सागर पन्त र सहसंयोजकमा राधेश्याम तिमल्सिना (पुकार) परेका छन् भने ललितपुर संयोजकमा ईश्वरराज ढकाल र सहसंयोजकमा रामहरि कार्की रहेको बताइएको छ ।

जिल्ला नेतृत्व सहमतिमा चयन गर्न सकेकोले अव उपत्यका प्रदेश कमिटी र सम्बन्धित जिल्ला कमिटीले पनि चाँडै पूर्णता पाउने प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीका सह संयोजक प्रकाश सिलवालले बताए 

Loading...