समसामयिक गजल : पाेथीसँग भाले मिले अनाैठाे के भाे र ?

 
-सुशीलराज शाही “एकीकृत”- कालीकोट ।
 
झालेसँग माले मिले अनाैठाे के भाे र ?
अर्काे उस्तै खाले मिले अनाैठाे के भाे र ?
 
बैचारिक, चारित्रिक र नाता रगतकाे हुन्छ
छाेरासँग बा मिले अनाैठाे के भाे र ?
 
अाकार, प्रकार र कार्य भिन्नता छ र पनि
सिँगानेसँग राले मिले अनाैठाे के भाे र ?
 
जुरी र पुच्छर मेल खाँदैन त पनि,
पाेथीसँग भाले मिले अनाैठाे के भाे र ?
 
कमाउनु र कुम्ल्याउनु सारा थाेक भैदिएपछि
चाेरसँग पाले मिले अनाैठाे के भाे र ?

 
Loading...