बुहारी बिनाको पद जोगाउन प्रचण्ड किन लागे

काठमाडौं, ३ मंसिर । सत्तारुढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खानेपानी तथा सरसफाई मन्त्री विना मगरको मन्त्री पद जोगाउन हदैसम्मको प्रयास गरेको समाचार बाहिरिएको प्रति अध्यक्ष प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ ।

प्रचण्डको निजि सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी मन्त्रीहरुको विषयमा प्रचण्डलाई जोडेर आएको समाचारको खण्डन गरेको छ । ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चार माध्यमा प्रकाशन तथा प्रसारित भ्रामक समाचारको हाम्रो सचिवालयले घोर भत्सना र खण्डन गर्दछ ।’ विज्ञप्तीमा लेखिएको छ ।

मन्त्रीमण्डल फेरबदलको पूर्ण क्षेत्राधिकार विषय प्रधानमन्त्रीको रहेकाले त्यसमा प्रचण्डले कुनै हस्तक्षेप नगर्ने सचिवालयले स्पष्ट पारेको छ ।

यसअघि विभिन्न मिडियामा बिना मगरले आफ्नो पद टिकाउन ससुरा प्रचण्डसँग रुवावासी गरेको समाचार आएका थिए । साथै प्रचण्डले बिनालाई अहिले नै नबदल्नका लागि भिटो प्रयोग गरेको समाचार आएको थियो । बिनालाई हटाउनुभन्दा अघि अर्थमन्त्री युवराज खतिवडालाई पहिले हटाउनु पर्ने अडान पनि राखेको दावी गरिएको थियो ।

Loading...