विमल घर्तीमगरसहित चार खेलाडी मध्यरात ठमेलका बारमा भेटिएपछि बर्खास्त, विश्वकप छनाैटमा वैकल्पिक खेलाडी गए

काठमाडौँ, ३० कार्तिक । नेपालका चर्चित राष्ट्रिय खेलाडीहरु अन्तराष्ट्रिय खेल अाउनुभन्दा केही दिन अगाडि बर्खास्तीमा परेका छन् । नेपाली फुटबलका चर्चित खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी बर्खास्तीमा परेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीहरुलाइृ बर्खास्त गरेकाे हाे । उनीहरुले अनुशासनहीन काम गरेको भन्दै एन्फाले राष्ट्रिय टिमबाट बर्खास्त गरेको हाे । उनीहरु चारै जना गए राति ठमेलका रात्री क्लबमा भेटिएपछि कारवाहीमा परेकाे एन्फाले जनाएकाे छ । चारै जना गएराति मध्यराति २ बजेसम्म नै ठमेलका क्लबमा भेटिएकाे पाइएपछि एन्फाले याे काम अनुशासनहीन काम भएकाे ठहर गरेकाे हाे ।

बर्खास्तीमा पर्ने विमल घर्तीमगर स्टार फर्वार्ड हुन । त्यसैगरी अन्जन र सन्ताेष मिड फिल्डर हुन भने दिनेश राजवंशी डिफेन्डर हुन । एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको हो । विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्न छनाैट भएका नेपाली टिमका ४ खेलाडी बर्खास्त भएपछि अब के हुन्छ भन्ने धेरैले प्रश्न गरेका छन ।

बर्खास्तीमा परेसँगै उनीहरु मंगलबार भुटानमा हुने विश्वकप छनाेट खेल खेल्न नपाउने भएका छन । नेपाली टिमले मंगलबार भुटानकाे थिम्पुमा प्रतिस्पर्धा गर्ने बताइएकाे छ । त्यसका लागि नेपाली टाेली शनिबार नै भुटान प्रस्थान गरेकाे छ ।

चारजना खेलाडी बर्खास्त परेपछि उनीहरुकाे स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ। टाेलीले मंगलबार थिम्पुमा मंगलबार कुवेत विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको नभएको भन्दै एसियाली फुटबल महासंघले जनाएपछि नेपाली टिम घरेलु खेल भुटानमा खेल्न बाध्य भएको हो।

Loading...