सुनको भाउ बढ्ने क्रम जारी, बुधबार कतिमा हुँदैछ कारोबार?

काठमाडौँ २७ कात्तिक । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार फेरि बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार २ सय रुपैयाँ रहेको थियो ।

यस्तै, तेजाबी सुन पनि प्रतितोला २ सय रुपैयाँ नै बढेर ७० हजार ११ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेर ८ सय ५० रुपैयाँमा आइपुगेको छ ।

मंसिर लाग्नै लाग्दा विवाहको सिजन सुरु हुने भएकाले सुनको माग बढ्ने व्यवसायीहरु बताउँछन् । यद्दपि, सुनचाँदीको बजार भाउ भने अन्तराष्ट्रिय मूल्यका आधारमा कायम हुने गर्छ ।

Loading...