कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानलाई

नवलपरासी, २७ कात्तिक । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५स्थित ठाढी घाटमा मङ्गलबार आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानले हात पारेका छन । प्रथम पुरस्कारका लागि भएको सो प्रतियोगितामा भारतकै आरबिन्द पहलवानलाई बप्पीले हराएका थिए ।

त्यस्तै द्धितीय पुरस्कारका लागि भएको प्रतिस्पर्धामा भारतकै शमशेर पहलवान वनारसले विष्णु पहलवान गोरखपुर लाई हराएका थिए । तृतीय पुरस्कार भने दुई कुस्तीबाजले प्राप्त गरेका थिए । भारतकै पवन पहलवान हाटा र गोल्डेन पहलवान कमासी बीच भएको प्रतिष्पर्धा बराबर हुँदा दुवैलाई संयुक्त विजेता घोषित गरिएको थियो ।

उक्त प्रतियोगितामा नेपाल र भारतका गरी कूल २९ जोडीले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको उद्घाटन नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं १ ख का प्रदेशसभा सदस्य अजयबहादुर शाहीले गरेका थिए । ठाडीघाटमा कार्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष सो प्रतियोगिता हुँदै आएको र त्यसमा नेपाल र भारतका कुस्तीबाजले सहभागिता जनाउँदै आएका छन् ।

Loading...