डा. केसीद्वारा पुन अनशन सुरु , तीन दलका शीर्ष नेताहरु लुटतन्त्रमा लागेको आरोप

असोज ९ , काठमाडौं ।                                                                                                                                                                                                                                                                                                                                                  चिकित्सा शिक्षा सुधारका लागि प्रा. डा. गोविन्द केसी १२ औं आमरण अनसनमा बसेका छन् ।

यस अघि चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए । संसदमा विचाराधीन विधेयकलाई तोडमोड गरेर पारित गर्दै आजै अन्तिम तयारीका साथ पारित गर्नलागेको भन्दै डा. के.सीले पुन्ह सोमबार बाट महाराजगञ्ज शिक्षण अस्पतालमा अनसन थालेका हुन् ।

उनले यो सामाजिक न्यायका लागि लडाई भएको भन्दै सरकार पक्ष्य र बिपक्ष्यका दलहरु आफ्नो सुबिधाका लागि १ घन्टामै एेन , बिधयक पारित गर्नसक्ने तर जनताका लागि स्वाथ्य एेनमा आनाकानी गरिरहेको बताउदै अनशन बस्नु अघि आज पत्रकारहरुसँग कुरा गर्दै डा. केसीले प्रधानमन्त्रीसहित तिन प्रमुख दलका शीर्ष नेताहरु नै निजि मेडिकल कलेजमा लगानी , लुटतन्त्रमा लागेको आरोप लगाउनुभयो ।

बिधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको कारण अचानक अनसन बस्नुपर्ने कारण र येसो नगरिय मेडिकल शिक्षामा माफियातन्त्र सदाका लागि संस्थागत हुने मात्र नभई हाम्रो अभियानले हालसम्म गरेको उपलब्धिहरु उल्टिने कुरा प्रष्ट रहेको उनको भनाइ रहेको छ ।

साउन अन्तिम साता तराईका बिभिन्न जिल्लामा बाढीले निम्त्याएको विपदलाई कारण देखाउदै डा. केसीले ११ औं पटकको २३ दिन लामो अनशन गत साउन ३१ गते तोड्नु भएको थियो ।

Loading...