रौतहटमा अज्ञात समूहद्वारा प्रहरी चौकीमा आक्रमण

रौतहट, २६ कार्तिक । रौतहटको एक प्रहरी चौकीमा अज्ञात समूहले वम विष्फोट गराएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको हो ।

अज्ञात समूहले गराएको वम विष्फोटबाट ड्यूटीमा रहेका एक प्रहरी जवान घाइते भएका छन् । घाइते हुने प्रहरी जवाल रञ्जित यादव रहेको बताइएको छ । वम विष्फोट हुँदा उनी सेन्ट्री पोस्टमा थिए ।

मोटरसाइकलमा आएका दुई जनाले प्रहरी चौकीमा सुतली बम प्रहार गरेरे भागेको बताइएको छ । प्रहरीले वम विष्फोट गराएर भाग्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार रहेको बताइएको छ । साथै उनीसँगै उनले चढेको बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिसँगै अर्को मोटरसाइकलमा भागेका व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिन नसकेको बुझिएको छ ।

रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले घटनाको पुष्टि गरे । उनले वम विष्फोट भएको सूचना आएको तर बाँकी विवरण भने बुझिरहेको बताए । वम विष्फोट भएको सीमा क्षेत्रमा रहेको प्रहरी चौकी हो । एसपी खत्रीले घटनास्थलतर्फ जिल्लाबाट थप मद्दतको टोली पनि पठाइएको जनाएकारी पनि दिएका छन् ।

प्रहरी जवान यादवको काखीदेखि तिघ्रासम्म सामान्य चोट लागेको छ। घटनास्थलमा जिल्ला प्रहरीबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दस जना प्रहरीले अनुसन्धान गरिरहेका बताइएको छ ।

Loading...