भलिबल प्रतियोगिताको उपाधि एञ्जिलालाई

अछाम, २६ कात्तिक । साँफेबगरमा सम्पन्न जिल्लाकै सर्वाधिक धनराशिको राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि एन्जिला पुस्तक पसलले हात पारेको छ । फाइनलमा साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमलाई पराजित गर्दै एञ्जिलाले उपाधि उचालेको हो ।

उपाधि उचालेसँगै एञ्जिला पुस्तक पसलले रु एक लाख ७५ हजार नगद पुरुस्कारसहित कप, मेडल, ट्रफ्री र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमले नगद रु एक लाख पुरुस्कार हात पारेको छ । तेस्रो भएको साँफेबगर नगरपालिका–१३ बाब्लाले रु ५० हजार पुरस्कार पाएको छ ।

कात्तिक २२ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न १० वटा भलिबल टिमको सहभागिता थियो । प्रतियोगिताको समापनमा पुरस्कार वितरण गर्दै राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले मोफसलमा हुने यस्ता प्रतियोगीताले खेल क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने बताए । यस्ता प्रतियोगिताको लागि स्थानीय सरकारले पनि जोड दिनुपर्नेमा कुँवरको जोड थियो ।

Loading...