खसीबोका किन्दै हुनुहुन्छ ? रङ हेरेर किन्नुहोस्

हरियाे रङ लगाएका खसीबाेका मात्र किन्न पशुपन्क्षी मन्त्रालयकाे अाग्रह

काठमाडाैं, ६ असाेज । दसैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? ख्याल गनुृहोस् । बिरामी, रोग लागेको पनि पर्न सक्छ । अस्वस्थ मासु खाँदा मानव स्वास्थ्यमा असर पर्छ । उपभोक्ता ठगिनबाट जोगिउन् भनेर पशुपंक्षी मन्त्रालयले नयाँ उपाय पहिचान गरेको छ ।

काठमाडौं भित्रिने हरेक नाकामा प्राविधिक खटाएर कासुको लागि प्रयोग हुने खसीबोकाको श्रेणी छुट्याएको हो । बजारमा किन्न जाँदा हरियो रङ लगाएको खसीबोका मात्र छनोट गर्नुहोस ।

मासु खानका लागि योग्य खसीबोकाको सिङमा हरियो रङ लगाइएको छ । अस्वस्थ्य खसीबोकालाई रातो संकेत लगाइएको छ ।

Loading...