अनसनकारीको पक्षमा वकालत गर्ने १४ वकिल जेल चलान

एजेन्सी । टर्कीको अदालतले अनसन बसेका दुई जना शिक्षकको पक्षमा वकालत गरेका १४ जना वकिललाई जेल चलानको फैसला बिहीबार सुनाएको छ ।

सन् २०१६ को जुलाईमा शिक्षकद्वय नुरिय गुल्मेन र सेमिह ओजाक्काले भोक हड्ताल गर्नु भएको थियो ।

सार्वजनिक क्षेत्रमा जागिर गरेकामध्ये झण्डै एक लाख ४० हजार जनालाई निलम्बन गरिएको छ ।

दुवै शिक्षकले मार्चमा भोक हड्ताल शुरु गरेका थिए । आतंकवादी गतिविधिलाई सहयोग गरेको आरोपमा उनीहरूलाई जेल चलान गरिएको थियो ।

गत सेप्टेम्बर १४ मा उनीहरूलाई अदालतमा बोलाइएकोमा उनीहरू स्वास्थ्यका कारण अनुपस्थित भएका थिए ।

जनताको अधिकार नामक संस्थाको तर्फबाट १६ जना वकिलले पालैपालो बहस गरेका थिए ।

उनीहरूसँगको बहस सकिएपछि इस्तानबुल अदालतले आतंकवादी समूहको सदस्य भएको भन्दै १४ जना वकिललाई जेल पठाउने आदेश दिएको हो ।

Loading...