युद्धकालको झल्को दिने गरी थवाङ आकाशमा हवाइ गस्ती । दर्जन बढी गिरफ्तार

राेल्पा, ३१ भदाै । जनयुद्धकालमा चर्चाकाे शिखरमा रहेकाे राेल्पाकाे थवाङ अहिलेसम्म चर्चामै छ । शुक्रबारदेखि थवाङमा जनयुद्धकालकै झल्काे दिनेगरी प्रशासनले हवाइ गस्ती लगाउन सुरु गरेपछि यसकाे फेरि चर्चा सुरु भएकाे छ । प्रहरीले हवार्इ गस्तीसँगै गिरफ्तारीलार्इ पनि तीब्र पारेकाे छ । शुक्रबार बिहान ८ बजे मात्र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूराे इन्चार्ज केशबहादुर बाँठा मगर सुवाससहित थुप्रै नेता कार्यकर्तालार्इ गिरफ्तार गरेकाे छ ।

बिहीबार राती अपहरणमा परेका थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीको खोजीका लागि हवाइ गस्ती गरिएकाे राेल्पा जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । त्यसका लागि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर, शुक्रबार बेलुकी सात बजेसम्म घर्ती फेला परेका छैनन् । राजधानीबाट शुक्रबार दिउँसो उच्च प्रहरी अधिकारी सहितको टोली रोल्पा गएको बताइएकाे छ । राप्ती अञ्चल प्रमुख एससपी दिलिपकुमार चौधरी नेतृत्वको एक टोली पनि रोल्पा पठाइएको छ । सदरमुकाम लिवाङ, घर्तीगाउँ लगायत स्थानबाट पनि घर्तीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जनयुद्धको अन्त्य र शान्ति प्रक्रिया शुरू भएपछि रोल्पाको विशेष गाउँ थवाङ भदौ ३० गतेदेखि फेरि चर्चामा अाएको छ । थवाङ गाउँपालिकालाई बीचमा पारेर चारैतिरबाट सशस्त्र र जनपथ प्रहरीले थवाङलार्इ पहरा दिँदै खानतलासी गर्ने गरेका छन् ।

शुक्रबार अपरान्ह काठमाडौंबाट हेलिकप्टर मार्फत विशेष सुरक्षा बल थवाङ उतारेपछि थवाङवासीहरु थप त्रसित बनेका छन् । रोल्पा प्रहरीले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरको खोजीको लागि स्थल हवाइगस्तीलार्इ पनि तीव्र पारेको बताएको छ ।

Loading...