एनआरएनए जापानले काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको शौचालय बनाउन सघाउने

टोकियो, ३० भदौ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार विकासका लागि जापानस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सघाउने भएको छ ।

नयाँ कार्यसमिति बनेसँगै बसेको संघको पहिलो बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको विकासअन्तर्गत तत्कालका लागि सार्वजनिक शौचालय निर्माणमा सघाउने भएको हो ।

नवगठित पदाधिकारीको बैठकले विमानस्थलका जीर्ण र अपुग भएका स्थानमा शौचालय बनाउन सघाउने निर्णय गरेको संघका अध्यक्ष टाँसीवादी लामाले जानकारी दिए ।

उहाँका अनुसार संघले विमानस्थलको भौतिक पूर्वाधार विकासका लागि २५ थान शौचालय उपलब्ध गराउने निर्णय गरेको हो ।

पच्चिस थान शौचालय संघको कार्यालयमा राखिएको र एक महिनाको अवधिमा काठमाडौँस्थित विमानस्थल व्यवस्थापन समितिलाई हस्तान्तरण गरिने संघले जनाएको छ ।

बैंठकले लेनिन भट्टचन र सविता श्रेष्ठलाई युवा र महिला संयोजकको जिम्मेवारी दिएको छ । कार्यक्षेत्र चुस्तदुरुस्त राख्न २१ बुँदे आचारसंहिताअनुसार प्रत्येक दुई महिनामा बस्ने बैंठकमा अनुपस्थित हुनेलाई कारबाही र जापानवासी नेपालीको चाहना विपरीत काम गर्नेेलाई कारबाहीका लागि सघाउनेलगायतका निर्णय पनि गरेको संघका महासचिव बुद्धिराज घिमिरेले बताए ।

Loading...