उत्तर कोरियाले अमेरिकामाथि प्रहार गर्यो शक्तिशाली क्षेप्यास्त्र । जापानमा बज्याे सुरक्षा सार्इरन

काठमाडौँ, ३० भदौ । उत्तरकोरियाले अमेरिकालाई चेतावनी दिँदै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ । जापानको आकाशमाथिबाट अमेरिकातर्फ प्रहार गरिएको उक्त क्षेप्यास्त्र अमेरिकाकाे सीमा क्षेत्र नजिक पर्ने समुन्द्रमा खसेको बताइएको छ ।

अमेरिकाले उत्तरकोरियामाथि नाकाबन्दी लगाउन अभियान नै थालेपछि त्यसकाे जवाफमा यो क्षेप्यास्त्र प्रहार गरिएको हो । अमेरिकाकै प्रस्तावमा सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको थियो । त्यसकै प्रतिक्रिया स्वरुप उत्तर कोरियाले यो क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।

उत्तर कोरियाले प्रहार गरेको उक्त क्षेप्यास्त्र जापानको आकाश माथिबाट गएको बताइएको छ । जापानको आकाशमाथि ७ सय ७० किलोमिटरको उचाइबाट गएको उक्त क्षेप्यास्त्र जापानले उडिरहेको देखेको जनाएको छ । आकाशमा क्षेप्यास्त्र उड्दै गरेको देखेपछि जापानले आफ्ना नागरिकलाई सुरक्षित रहन सुरक्षा साइरन बजाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जापानले स्थानीय समयअनुसार बिहान ७:०६ बजेदेखि नै सुरक्षा सतर्कताका लागि सार्इरन बजाएकाे थियाे ।

जापानकाे सार्वजनिक प्रशारण माध्यम एनएचकेले दक्षिण काेरियाले उक्त क्षेप्यास्त्र राेक्ने कुनै प्रयास नै नगरेकाे टिप्पणी गरेकाे छ । एनएचकेले उक्त क्षेप्यास्त्र प्यासिफिक अाेसनमा खसेकाे जनाएकाे छ । एनएचकेका अनुसार त्याे भनेकाे जापानकाे दाेस्राे ठूलाे टापु हाेक्काइदाे भन्दा करिव १२४० माइल टाढा अमेरिकी सीमा नजिक हाे ।

यसबारे जापानमा काम गरेका पत्रकार मार्टेन विलिएम्सले अाफ्नाे ट्वीटरमा यस्ताे पाेस्ट लेखेका छन् : 

दक्षिण कोरियाली सैनिक अधिकारीहरुले उक्त क्षेप्यास्त्र ७ सय ७० किलोमिटरको उचाईबाट ३ हजार ७ सय किलोमिटर टाढा पुगेको अनुमान गरेका छन् । त्याे अमेरिकाे सीमा नजिकै भएकाे उनीहरुले जानकारी दिएका छन् । तर, त्यो क्षेप्यास्त्र ५ देखि ७ हजार किलोमिटरसम्म टाढा पुग्‍न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । क्षेप्यास्त्र जापानको होकाइडो द्वीपको माथिबाट गएको थियो ।

उत्तरले यसरी अनपेक्षित रुपमा क्षेप्यास्त्र प्रहार गरेपछि दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ । दक्षिण काेरियाली राष्ट्रपति मून जे इनले उत्तरले प्रहार गरेकाे क्षेप्यास्त्रबारे प्रतिक्रिया कस्ताे दिने भन्नेबारे याे अापत्तकालीन बैठक बाेलाइएकाे बताइएकाे छ ।

उता अमेरिकी सेनाकाे प्यासिफिक कमाण्ड PACOM ले त्याे क्षेप्यास्त्र मध्यम दुरीकाे ब्यालेस्टिक मिसार्इल रहेकाे जनाएकाे छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका प्रेस सेक्रेटरी साराह हुकाबी स्यान्ड्रेसले यसबारे प्रमुख अधिकृत जाेन केलीले यसबारे अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पलार्इ जानकारी गराएकाे जानकारी दिएका छन् । 

 

Loading...