सिङ्गापुरको राष्ट्रपतिमा हालिमाह मात्रै योग्य

सिङ्गापुर, २६ भदौ । सिङ्गापुरको राष्ट्रपतीय निर्वाचन आयोगले एक जना उम्मेदवार मात्रै योग्य भएको ठहर छ ।

निर्वाचन विभागले सोमबार दिएको जानकारी अनुसार पूर्व सभामुख हालिमाह याकोबको उम्मेदवारी मात्रै राष्ट्रपतिका लागि योग्य देखिएको छ ।

उहाँलाई निर्वाचन विभागमै योग्यताको प्रमाणपत्र दिइएको विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।

उहाँको मात्रै उम्मेदवारी योग्य भएकाले अब उहाँलाई नै सिङ्गापुरको राष्ट्रपति घोषणा गरिने पनि आयोगले जनाएको छ ।

उहाँ सिङ्गापुरको आठौँ राष्ट्रपति र पहिलो महिला राष्ट्रपति बन्नु हुनेछ । राष्ट्रपतिमा उम्मेदवारी दिने समय बुधबार दिउँसो सकिने छ ।

सिङ्गापुरको राष्ट्रपतीय निर्वाचन २०१७ का लागि उम्मेदवार हुन मालाई समुदायको हुनुपर्ने र उनीहरूले स्वीकृत गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

उम्मेदवारीका लागि पाँच जनाले निवेदन दिएका थिए । तीमध्ये तीन जना मात्रै मालाई समुदायका भएको घोषणा गरिएको थियो । तर उम्मेदवारहरूको योग्यता मापन गर्दा याकोब मात्रै योग्य देखिनु भएको अधिकारीहरूले बताएका छन् ।

उहाँले आगामी बुधबार (सेप्टेम्बर १३) राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाल्नु हुनेछ ।

Loading...