ओरालो लाग्यो सुनचाँदीको मूल्यः आज सुन ७ सयले घट्यो

काठमाडौं, २४ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन ७ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला ७१ हजार ७ सय मा कारोबार भएको छापावाला सुन आज ७ सयले घटेर प्रतितोला ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने १० रुपैयाँले घटेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...