धरौटी मागी विदेश भ्रमण रोक्ने जिल्ला अदालतको आदेश विरुद्ध रविले हाले उच्च अदालतमा मुद्दा

काठमाडौं, १७ भदौ । आफूलाई कसूर नहुने अभियोगमा सरकारले मुद्दा हालेर अनावश्यक दुःख दिएको भन्दै सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोेता रवि लामिछानेले उल्टै मुद्दा हालेका छन् । आफू कुनै पनि हिसावले सम्लग्न नभएको मुद्दामा पाँच लाख धरौटी माग गर्ने र विदेश यात्रामा समेत रोक लगाउने जिल्ला अदालत चितवनको आदेश खारेज गर्न उनले माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनबाट धरौटीमा छुटेका लामिछानले त्यसविरुद्ध उच्च अदालत हेटौंडामा मुद्दा दिएका हुन् । मंगलबार मुद्दा दर्ता गर्दै रविले भिडियोमा कसैले बोलेको आधारमै फौजदारी कसुर लगाउन नमिल्ने बताएका छन् । मुद्दामा रविले चितवन जिल्ला अदालतले ग्रहण गरेका सबै आधारहरु त्रुटिपूर्ण भएको दावी गरेका छन् ।

रविले अर्का सहकर्मी युवराज कँडेललाई समेत साथमा लिएर दिएको पुनरावेदन निवेदनमा शालिकराम पनि आफूहरु जत्तिकै सिपालु, सिप र कला कौशल भएको उल्लेख गरेका छन् । उनी आफूहरुसँगको सहकार्य तोडेर अर्को टेलिभिजनमा काम गर्न जानुमा आफ्नो कुनै पनि पूर्वाग्रहका कारण नभएको प्रष्ट पारेका छन् । साथै निवेदनमा रुकु भन्ने अस्मिता कार्कीसँगको विवाहेत्तर सम्बन्धको बारेमा पनि उल्लेख गरेका छन् । तर, त्यो सम्बन्धका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको पनि निवेदनमा उल्लेख गर्दै शालिकरामले अस्मितासँग गरेको दुर्व्यवहारका बारेमा आफूहरुले कुनै पनि कार्यक्रम सार्वजनिक गर्ने धम्की नदिएको दावी गरेका छन् ।

पुनरावेदनमा रविले चितवन जिल्ला अदालतको निर्णयलाई पनि गलत भएको दावी गरेका छन् । उनले चितवन जिल्ला अदालतको पाँच लाख धरौटी माग गर्ने र विदेश यात्रा लगायतका शर्त राखेर दिइएको आदेश कोरा कल्पना भएको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन्।

मर्नुअघि शालिकरामले खिचेको भिडियोमा जिल्ला अदालतले नै विश्वसनियतामाथि प्रश्न उठाएको भन्दै उच्च अदालतमा दुरुत्साहनको प्रमाण नपुग्ने रविले दावी गरेका छन् । प्रमाणित आधार बेगर अनुमान तथा आँकलनको भरमा अभियोग स्थापित गर्दै जाने हो भने न्यायको मूल मर्म परास्त हुन गई न्याय प्रणालीमाथि नै वितृष्णा पैदा उनको पुनरावेदनमा उल्लेख गरिएको छ।

यस्तो छ रविले उच्च अदालतमा हालेको मुद्दा

Loading...