ह्वाइट हाउस छाेड्दा अाेेबामाले ट्रम्पलार्इ छाेडेकाे चर्चित गाेप्य पत्र

काठमाडाैं । बाराक अाेबामा अमेरिकाकाे दुर्इ पटक राष्ट्रपति भए । लगातार दुर्इ कार्यकाल राष्ट्रपति भएका अाेबामाले अाफ्नाे परिपक्व छवि स्थापित गरे । उनी पछि अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प अाएका छन् । ट्रम्पकाे व्यवहारबाट अहिले धेरै अमेरिकी विद्वानहरु डराइरहेका छन कि उनले अमेरिकाकाे कस्ताे छवि बनाउँछन भनेर । उग्र साेचका ट्रम्पका धेरै निर्णयहरु विवादमा अाइसकेका छन् । साथै उनले जी २० काे शिखर सम्मेलन लगायत धेरै ठाउँमा लज्जाजनक व्यवहार प्रस्तुत पनि गरेका कारण अालाेचित पनि भइसकेका छन् ।

राष्ट्रपति निर्वाचनका दाैरान पनि ट्रम्पले चर्का चर्का भाषण गरेका थिए । त्यही कारण त्यस समयमा अाेबामाले ट्रम्प अमेरिकाकाे राष्ट्रपति बन्न लायक व्यक्ति नभएकाे सार्वजनिक टिप्पणी नै गरेका थिए । ट्रम्प भन्दा हिलारी क्लिन्टनकाे स्तर धेरै माथि भएकाे र उनले अमेरिकालार्इ नेतृत्व दिन सक्ने उनकाे बुझाइ थियाे । तर, उनले भनेजस्ताे भएन । अन्तत: चुनावी मैदानमा ट्रम्पले नै वाजी मारे । त्यसपछि मनमा अप्ठेराे मान्दै अाफ्नाे कार्यभार अाेेबामाले ट्रम्पलार्इ सुम्पनु पर्याे ।

अाेबामाले अाफ्नाे कार्यकाल सकेर अन्तिममा राष्ट्रपति निवास ह्वाइट हाउस छाेडेर निस्कँदा एउटा गाेप्य पत्र ट्रम्पका लागि छाेडेका रहेछन । छाेटाे तर गम्भीर उक्त पत्र अहिले सार्वजनिक भएकाे छ । उक्त पत्रलार्इ सीएनएनले सार्वजनिक गरेकाे हाे ।

ह्वाइट हाउसस्थित ओभल अफिसमा छोडेको पत्रमा अाेबामाले ट्रम्पलार्इ चार वटा महत्वपूर्ण सुझाब दिएका छन् । जसमा उनले प्रजातान्त्रिक संस्था तथा परम्पराकाे रक्षा गर्न सुझाब दिँदै कम्तिमा पनि अाफूले पाएकै अवस्थामा छाेड्न भनेका छन् । अाेबामाले दिएकाे याे सुझाब ट्रम्पमा देखिएकाे उग्र विचारकै कारण अाएकाे धेरैले अनुमान गरेका छन् । साथै उनले पत्रमा वर्तमान विश्व व्यवस्थालाई कायम राख्न सल्लाह पनि दिएका छन्।

पत्रमा ओबामाले ‘आजको विश्वलाई अमेरिकी नेतृत्व अपरिहार्य’ रहेको दाबी गर्दै याे विश्व व्यवस्थामा अमेरिकाको ‘धन र सुरक्षा निर्भर’ रहेको बताएका छन्। त्यससँगै ओबामाले ट्रम्पलार्इ एउटा व्यक्तिगत सुझाब पनि दिएका छन् । उनले अाफ्नाे कार्यव्यस्तताका बीच पनि परिवार र साथीभाइका लागि समय निकाल्न ट्रम्पलाई सुझाव दिएका छन्।

सिएनएनले सार्वजनिक गरेकाे ओबामाले ट्रम्पका लागि छोडेको पत्र यस्ताे छ

डियर मिस्टर प्रेसिडेन्ट

सफल चुनावी अभियानका लागि बधाइ। लाखौँ मानिसले तपाईंमाथि भरोसा गरेका छन्। र हामी सबै, यो पार्टी त्यो पार्टी नभनी तपाईंको कार्यकालमा समृद्धि फैलिने र सुरक्षाको प्रत्याभूति हुने अपेक्षा गर्छौँ।

सफलताको स्पष्ट मार्गचित्र नभएको यो अनौठो कार्यालय हो। त्यसैले मेरो कुनै सल्लाह तपाईंको काममा सहयोगी हुन्छ कि हुँदैन मलाई थाहा छैन। तथापि विगत आठ वर्षको मेरो अनुभवबाट केही कुरा भन्न चाहन्छु।

पहिलो, हामी दुवै अलग तरिकाले धन्य र भाग्यमानी छौँ। सबै यति भाग्यमानी हुँदैनन्। मेहनत गर्न चाहने हरेक बच्चा र परिवारका लागि सफलताको भर्‍याङ निर्माण गर्न सकेजति गर्ने जिम्मा हाम्रो काँधमा छ।

दोस्रो, आजको विश्वमा अमेरिकी नेतृत्व अपरिहार्य छ। शीतयुद्धको अन्त्यपछि बिस्तारै बनेको अन्तर्राष्ट्रिय व्यवस्थालाई काम र उदाहरणबाट टिकाउने जिम्मा पनि हामीमाथि नै छ। त्यही व्यवस्थामा हाम्रो आफ्नै सम्पत्ति र सुरक्षा निर्भर छ।

तेस्रो, हामी यो कार्यालयको अस्थायी निवासी मात्र हौँ। यसले हामीलाई कानुनी शासन, शक्ति पृथकीकरण, समान सुरक्षा र नागरिक अधिकारजस्ता प्रजातान्त्रिक संस्था तथा परम्पराको रक्षक बनाउँछ, जसका लागि हाम्रा पुर्खाले लडेका र रगत बगाएका थिए। दैनिक राजनीतिको ठेलमेलको वास्ता नगरी हामीले प्राप्त गरेका हाम्रो प्रजातन्त्रका ती औजारहरुलाई कम्तीमा जस्ताको तस्तै छोड्नु हाम्रो जिम्मेवारी हो।

अन्तमा, घटना र जिम्मेवारीको हडबडीमा आफ्ना मित्र र परिवारका लागि समय निकाल्नुहोस्। तिनीहरुले तपाईंलाई अवश्यंभावी कठिन समयबाट पार गराउनेछन्।

तपाईं यो साहसिक यात्रामा लाग्दैगर्दा मिसेल र म तपाईं र मेलानियालाई शुभकामना दिन्छौँ। तपाईंलाई हाम्रो सहयोग सदा रहनेछ।

गुडलक एन्ड गुडस्पिड
बिओ

Loading...